
२० कात्तिक, कैलाली । कैलालीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका-१ घोडाघोडी ताल नजिक से१च ५०८४ नम्बरको ट्याक्टरले से५प १७६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुरेश लामिछानेको मृत्यु भएको हो ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
मृतकका आफन्तहरूले अहिले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4