Comments Add Comment

महामारीमा कलेजको नयाँ नियम : नगदको साटो नरिवल दिएर शुल्क तिर्न सकिने

हामीकहाँ कोरोना भाइरस महामारीमा पठनपाठन नहुँदासमेत निजी स्कुल तथा कलेजहरुले विद्यार्थीहरुबाट चर्को शुल्क उठाइएका समाचार आइरहेका छन् । पढाइ नहुँदासमेत स्कुल कलेजहरुलाई पहिले जस्तै थुप्रो पैसा तिर्नुपर्दा अभिभावकहरु टाउकोमा हात राख्न बाध्य छन् ।

उता इण्डोनेसियामा चाहिँ अभिभावकहरुले आफ्ना छोराछोरीको कलेज फी का रुपमा पैसाको साटो नरिवल बुझाउन पाउने भएका छन् ।

यद्यपि पूरै इण्डोनेसियामा यो नियम लागू भएको भने होइन । त्यहाँको एउटा कलेजले विद्यार्थीका अभिभावकहरुको आर्थिक संकटलाई ध्यानमा राख्दै यस्तो नियम बनाएको हो ।

बाली प्रान्तको टेगालालांगमा रहेको भेनस वन टुरिजम एकेडेमीमा पढ्ने विद्यार्थीहरुले अब शैक्षिक शुल्कबापत नगदको साटो नरिवल बुझाए पुग्नेछ ।

विद्यार्थीहरुबाट शुल्कबापत संकलित नरिवललाई कलेजले तेल उत्पादनमा प्रयोग गर्नेछ ।

नरिवल मात्र होइन विद्यार्थीहरुले कलेजमा शुल्कको रुपमा गोटु कोला तथा मोर्निङ्गा नामका वनस्पतीको पात समेत बुझाउन सक्नेछन् । ती दुवै वनस्पतीलाई त्यहाँ हर्बल साबुन बनाउनका लागि प्रयोग गरिन्छ ।

कलेजका निर्देशक वायान पासेक अडिपुत्रका अनुसार महामारीका कारण विद्यार्थीका अभिभावहरुको आर्थिक समस्यालाई मध्यनजर गरी सुरुमा किस्ताबन्दीमा शुल्क तिर्न सकिने प्रावधान लागू गरिएको थियो ।

विद्यार्थीहरुलाई नगद अभावका कारण शुल्क नसक्ने अवस्था आउन नदिनका उनीहरुलाई नरिवल तथा वनस्पतीका पात समेत नगदको साटो बुझाउन सकिने व्यवस्था गरिएको हो ।

नरिवलबाट तेल उत्पादन गर्ने कार्यमा समेत विद्यार्थीहरुको सहयोग लिइने उनले बताए ।

विद्यार्थीहरुको व्यवसायिक सीप प्रवर्द्धनका लागि उनीहरुलाई कलेज परिसरमा सामानहरु पुनःबिक्रीका लागि समेत प्रोत्साहित गरिनेछ ।

आफ्नो वातावरणमा रहेका प्राकृतिक श्रोतहरुको अत्युत्तम उपयोगमा विद्यार्थीहरुमा शिक्षाको विकास गर्ने आफुहरुको उद्धेश्य रहेको कलेजको भनाइ छ ।

विद्यार्थीहरुबाट शुल्कका रुपमा नरिवल लिएर त्यसबाट तेल उत्पादन गरी बेच्नका लागि कलेजले स्थानीय सरकारबाट स्वीकृति लिइसकेको बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment