
२० कात्तिक, काठमाडौं । बुधबार ३ अंक माथिले ओरालो लागेर बन्द भएको सेयर बजार बिहीबार पनि घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्प्नीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव १४ अंकले घटेर ३२४ दशमलव ३६ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने उल्लास देखिएको छ ।
बुधबार १ अर्ब ७५ करोड रुपैयाँको मात्रै कारोबार भएकोमा बिहीबार करिब ३ अर्ब रुपैयाँको कारोबार भएको छ । दिनभर भएका ३५ हजार ३ सय ३५ कारोबारबाट २ सय कम्पनीका ९१ लाख २३ हजार ८ सय ९६ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपैयाँको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4