Comments Add Comment

कोरोना संक्रमित गजुरी गाउँकार्यपालिका सदस्यको मृत्यु

२० कात्तिक, काठमाडौं । कोरोना संक्रमित धादिङको गजुरी गाउँ कार्यपालिकाकी सदस्यको ज्यान गएको छ । सात दिनअघि कोरोना संक्रमण पुष्टि भएकी धादिङ गजुरीकी ४१ वर्षीया ती महिलाको बिहीबार मनमोहन मेमोरियल अस्पतालमा ज्यान गएको गजुरी गाउँपालिकाकी उपाध्यक्ष सीता ढुंगानाले जानकारी दिइन् ।

ती महिला गाउँपालिकाद्वारा मनोनित कार्यपालिका सदस्य एवं गाउँपालिकाको न्यायिक समितिका सदस्य पनि थिइन् ।

दुवै मृगौलाले काम गर्न छाडेको ८ महिना भइसकेकी उनको मृगौला प्रत्यारोपण गर्ने तयारी भएको भए पनि कोरोनाका कारण रोकिएको थियो । नियमित मनमोहन मेमोरियल अस्पतालमा डायलासिस गराउन आउने उनमा गत साता परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । उनको बिहीबार निधन भएको जानकारी आएको ढुंगानाले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment