+
+
Shares

कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते ९:०३

२१ कात्तिक, कैलाली । कैलालीमा कोरोना संक्रमणबाट एक जना वडाध्यक्षको मृत्यु भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

६३ वर्षीय शाहको शुक्रबार विहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले जानकारी दिइन् ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए ।

उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?