+
+
Shares

गोवामा अश्लिल भिडियो सुटिङ गरेको आरोपमा पूनम पाण्डे पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १२:१३

बलिउड नायिका तथा मोडल पूनम पाण्डे सधै विवादमा रहन्छिन् । विशेषगरि, हट फोटो तथा भिडियोका कारण उनको चर्चा मिडियामा बढी भएको पाइन्छ ।

हालै मात्र गोवामा अश्लिल भिडियो छायांकन गरेको भन्दै पूनम पाण्डे विरुद्ध उजुरी परेको थियो । गोवा फरवार्ड पार्टीको महिला शाखाले उनीमाथि ‘अश्लिल भिडियो’ सुटिङ गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले उनलाई सरकारी सम्पत्तीमा अभद्र व्यवहार तथा अश्लिल भिडियो छायांकन गरेको आरोपमा पक्राउ गरेको छ ।

गोवा फरवार्ड पार्टीले प्रहरीमा दर्ता गरेको एफआइआरमा गोवाका महिलाहरुमाथि सांकृतिक आक्रामण गरेको तथा गोवाको छवि विगारेको आरोप लगाइएको छ । पूनमले अश्लिल भिडियोको छायांकन चापोली बाँध क्यानाकोनामा गरेकी थिइन् ।

पूनमको भिडियो अहिले गोवामा भाइरल भैरहेको छ । यो क्षेत्र अत्याधिक सुरक्षित रहेको र गोवा सरकारको जल संसोधन विभागको सम्पत्ती रहेको पनि बताइएको छ । पूनमको भिडियोले गोवालाई अश्लिल गन्तव्यको रुपमा प्रमोशन गरेको र राज्यको बदनामी गरेको पनि आरोप लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?