Comments Add Comment

निशान भट्टराईको गीतमा केकीको नाच

‘सुकुटे बिच’ काठमाडौंबाट नजिकको गन्तव्य । व्याचलर्स पार्टी मनाउन होस् वा सप्ताहन्त बिताउन, शहरियाहरु सुकुटे बिचसम्म पुग्ने गर्छन् । धपेडीपूर्ण दैनिकीबाट विश्राम लिन परिवारसहित त्यहाँ पुग्नेहरु पनि उत्तिकै छन् । अहिले यही सुकुटे बिचलाई गीतमा प्रस्तुत गरिएको छ ।

गीतको बोल नै छ, सुकुटे बिच । यसका गायक हुन् निशान भट्टराई । उनलाई साथ दिएकी छिन् नेहा खड्काले । नेहा खड्काले नै यसको गीत तयार गरेकी हुन् । संगीत संयेजन राजु कार्कीले गरेका हुन् ।

उक्त गीतको म्युजिक भिडियो पनि तयार भएको छ । डिएआर मुभिजले प्रस्तुत गरेको म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र सुधिर श्रेष्ठको अभिनय छ ।

सन्तोष राजबहाकले निर्देशन गरेको म्युजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । म्युजिक भिडियोमा मेकअप सबु तामाङ, कस्ट्युम सुनिता चौलागाईको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment