+
+
Shares

लागुऔषधसहित १४ वर्षीय बालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १६:२३

२१ कात्तिक, जनकपुरधाम । महोत्तरीमा भारतबाट लागुऔषध ल्याउँदै गरेका एकजना बालक शुक्रबार पक्राउ परेका छन् । सम्सी गाउँपालिका वडानम्बर ६ स्थित बजारबाट १४ वर्षीय बालकलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश बिष्टका अनुसार पक्राउ पर्ने बालक गौशाला नगरपालिका वडानम्बर १ का हुन् । उनको साथबाट नाइट्रोभेट ट्याब्लेट- १० लेखिएको ३० थान, स्पास्मो प्रोक्सोभोन प्लस १६ थान र कोरेक्स १०० एमएलको ४ बोतल फेला परेको बिष्टले बताए ।

लागुऔषधसहित पक्राउ परेका बालकविरुद्व लागुऔषध मुद्दामा १० दिनको म्याद थप गरी अन्य अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?