+
+
Shares

बर्दघाटका कोरोना स‌ंक्रमित पुरूषको बुटवलमा मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १७:०५

२१ कात्तिक, बुटवल । नवलपरासीको बर्दघाटका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालका अनुसार बर्दघाट नगरपालिका-१ का ४७ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो ।

११ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलिपल्ट अस्पताल भर्ना भएका उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले पुष्टि गरे । संक्रमित पुरुष मधुमेह,उच्चरक्तचाप र पित्तथैलीसम्बन्धी दीर्घ रोगी रहेका थिए ।

योसँगै नवलपरासीमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या १६ र लुम्बिनी प्रदेशमा १९१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?