+
+
Shares

अजयको निर्देशनमा ‘मइड’मा काम गर्दै अमिताभ

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २३ गते ९:४८

बलिउड नायक अजय देवगणले ७ बर्ष अगाडि नायक अमिताभ बच्चनसँग चलचित्र ‘सत्याग्रह’मा एकसाथ काम गरेका थिए । अब, ७ बर्षपछि अजय र अमिताभ फेरि एकसाथ पर्दामा देखिने भएका छन् ।

नायक अजय देवगणले निर्देशन गर्न लागेको चलचित्र ‘मइड’मा नायक अमिताभ बच्चनले काम गर्ने पक्का भएको छ । चलचित्रमा अजयले पायलटको भूमिका निर्वाह गर्नेछन् । यो चलचित्रको छायांकन डिसेम्बरबाट हैदारबादमा गरिनेछ ।

अजय र अमिताभले चलचित्र ‘मेजर साब, खाकी र सत्याग्रह’मा एकसाथ काम गरेका थिए । अजयले यस अगाडी चलचित्र ‘शिवाय’को निर्देशन गरेका थिए । अजय अहिले चलचित्र ‘भुजः दि प्राइड अफ इन्डिया’को छायांकन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?