Comments Add Comment

नदी उत्खननमा प्रयोग भएका सवारी साधन सशस्त्र प्रहरीको नियन्त्रणमा

२३ कात्तिक, काठमाडौं । महोत्तरीको जलेश्वरस्थित रातु खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खनन गर्न प्रयोग भएका डोजर र ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाका अनुसार जलेश्वर नगरपालिका–७ स्थित रातु खोलाबाट अवैध रुपमा नदीजन्य सामग्री उत्खननमा प्रयोग भएका २ वटा डोजर र ढुवानी गर्ने ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।

अवैध रुपमा गरिने नदीजन्य पदार्थको उत्खनन्ले बाढी तथा डुबानको जोखिम बढ्न जाने भएका कारण यसको रोकथामका लागि डोजर तथा ट्याक्टर नियन्त्रणमा लिइएको उनले बताए ।

अवैध रुपमा नदीजन्य पदार्थ उत्खननमा प्रयोग भएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय जलेश्वरमा पठाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment