Comments Add Comment

थप २८१७ जनामा कोरोना भाइरस संक्रमण

२३ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।

कहाँ कति ?

पछिल्लो २४ घण्टामा मोरङमा १५५, चितवनमा १५२, दाङमा ९८, कास्की र नवलपरासी पूर्व ८४/८४, सुनसरीमा ७३, रुपन्देहीमा ६९, बाँकेमा ६८, झापामा ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै कैलालीमा २९, धनुषामा २७, तनहुँमा २२, सिन्धुपाल्चोकमा २१, काभ्रे र लमजुङमा १८/१८, मकवानपुरमा १७, सप्तरीमा १६, धादिङमा १५, दोलखा र सिन्धुलीमा १४, पाल्पा र बर्दियामा १३/१३ र कञ्चनपुरमा १२ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

उदयपुर, सिराहा, कपिलवस्तु, नलवपरासी र बझाङमा ९/९ जना, तेह्रथुम, गोरखा, पर्वत र अर्घाखाँचीमा ८/८ जना, बारा र सुर्खेतमा ७/७, पर्सा, स्याङ्जा र सल्यानमा ६/६ र इलाम, खोटाङ, सर्लाही, नुवाकोट, रामेछाप, म्याग्दी, गुल्मी र अछाममा ५/५ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पाँचथर, मुस्ताङ र रुकुम पश्चिममा ४/४ जना, ओखलढुंगा, भोजपुर, धनकुटा र संखुवासभा, बाग्लुङ, रोल्पा र डडेल्धुरामा ३/३ जना, सोलुखुम्बु, महोत्तरी, रौतहट, प्युठान र दैलेखमा २/२ जना र ताप्लेजुङ, रुकुम पूर्व, जुम्ला र बाजुरामा १/१ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment