Comments Add Comment

ती अमेरिकी राष्ट्रपति, जसले चुनाव हारेर पनि ह्वाइटहाउस छाड्न मानेनन्

अमेरिकामा नयाँ राष्ट्रपतिका लागि भएको चुनावमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले जित हात पारेका छन् र वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नराम्ररी पछारिएका छन् ।

यद्यपि ‘हार्ने गोरुको … बानी’ भन्ने उखानलाई चरितार्थ गर्दै ट्रम्पले मतदानमा धाँधली भएको आरोप लगाइरहेका छन् । विश्वकै सबैभन्दा सबल लोकतन्त्र भएको सर्वाधिक शक्तिशाली मुलुक अमेरिकामा चुनाव हारेर पनि ट्रम्पले ह्वाइटहाउस नछाड्ने हुन् कि भन्ने आशंका कतिपयले गरिरहेका छन् ।

यद्यपि त्यस्तो भैहालेमा समेत चुनाव हारेर पनि ह्वाइटहाउस छाड्न आनाकानी गर्ने ट्रम्प पहिलो राष्ट्रपति हुनेछैनन् । किनकि यसअघि पनि अमेरिकामा एकजना राष्ट्रपतिले यस्तै गरिसकेका छन् ।

अमेरिकामा सन् १८०० मा भएको राष्ट्रपति चुनावमा तत्कालीन राष्ट्रपति जोन एडम्सले चुनाव हारेका थिए । उनका प्रतिद्वन्दी थोमस जेफरसनले जित हात पारे । तर हारका बाबजुत पनि थोमसले ह्वाइटहाउस छाड्न अर्थात् विजयी राष्ट्रपति जेफरसनलाई सत्ता हस्तान्तरण गर्न आनाकानी गरेका थिए ।

यतिमात्र होइन नवनिर्वाचित राष्ट्रपति जेफरसनको शपथग्रहण समारोहमा समेत एडम्स उपस्थित भएनन् । एडम्सको उर्दीका कारण शपथग्रहण समारोहमा ह्वाइटहाउसका कर्मचारीहरु समेत जान पाएनन् ।

हारेर पनि ह्वाइटहाउस नछाड्ने र सत्ता हस्तान्तरण जिद्दी गरिरहेका थिए एडम्स । तर त्यसपछि उनी निकै बेइज्जतीपूर्ण तरिकाले ह्वाइटहाउस छाड्नुपर्‍यो । राष्ट्रपति कार्यालयका कर्मचारीहरुले उनको आदेश मान्न छाडे र उनको राष्ट्रपति कार्यालयसमेत हटाइयो । साथै उनलाई दिइएका सुरक्षाकर्मी पनि फिर्ता बोलाइयो ।

उनलाई सेना, सीआईए, एफबीआई र राष्ट्रपति कार्यालयका सबै कर्मचारीले नजरअन्दाज गर्न थाले । त्यसपछि निकै अपमानित भएको ठानेर जोनले हार स्वीकार गरे । अन्ततः ४ मार्च १८०१ मा उनले थोमस जेफरसनलाई आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाले ।

यदि अहिले ट्रम्पले पनि जोन एडम्सले बाटो समाए भने के होला  ?

· ह्वाइटहाउसका कर्मचारीहरु आफ्ना नयाँ निर्वाचित राष्ट्रपतिको आदेशमा काम सुरु गर्न सक्दछन्।

· २० जनवरी २०२१ को मध्यान्हमा ह्वाइटहाउसका कर्मचारीहरुले निवर्तमान राष्ट्रपति ट्रम्पका सरसामानहरु कार्यालयबाट बाहिर

निकालेर नयाँ राष्ट्रपति जो बाइडेनका सामानहरु कसैको अनुमति विनै भित्र लैजान सक्दछन् ।

· जनवरीबाट ट्रम्पको तलबबाट ह्वाइटहाउसको भाडा पनि कट्टी हुन छाड्नेछ ।

· बाइडेनले जनवरीबाटै राष्ट्रपति पदको तलब पाउन सुरु गर्नेछन् र ह्वाइटहाउसको भाडा पनि उनकै तलबबाट कट्टी हुन थाल्नेछ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment