Comments Add Comment

विश्व स्वास्थ्य संगठनको चिन्ता : बच्चाको स्वास्थ्य र भविष्य बिग्रिसक्दा कसैलाई चासो भएन

विश्व स्वास्थ्य संगठनले बच्चाको अनुकुल स्वास्थ्य एवं राम्रो वातावरणको विकास गराउने तमाम प्रयास बेकार भएको बताएको छ । विभिन्न देशका सरकारको गैरजिम्मेवारीपना र बेवास्ताका कारण यस्ता तमाम प्रयास असफल भएको बताएको हो ।

उसले युनिसेफ र द लान्सेट पत्रिकाको सहयोगमा तयार पारेको सो रिपोर्टमा जलवायु परिवर्तनसँग जोडिएको तमाम चेतावनीका बाबजुद कुनै पनि देश यस सकारात्मक कदम उठाउने मामलामा सफल हुन नसकेको बताएको हो ।

समाचार अनुसार डब्ल्यूएचओ, युनिसेफ, द लान्सेटको पहलमा एउटा आयोग गठन गरेर अध्ययन गरिएको थियो । यसमा दुनियाँको ४० भन्दा धेरै विशेषज्ञहरूलाई सामेल गरिएको थियो । जो साना बच्चा र किशोरहरूको स्वास्थ्यको मुद्दामा वर्षाैंदेखि काम गरिरहेका थिए । यी विशेषज्ञहरूले बच्चाको स्वास्थ्यसँग जोडिएको समस्याको बारेमा अध्ययन गरेका थिए । जसबाट निष्कर्ष निकाल्दै भनिएको थियो ‘दुनियाँको कुनैपनि देशका बच्चाको राम्रो स्वास्थ्य, उनको पर्यावरण र उनीहरूको उत्तम भविष्यका लागि कुनै पनि सफल प्रयास भएको छैन ।’

बच्चामा मदिरा र चुरोटको लत

सो रिपोर्टअनुसार बच्चाहरूमा केवल स्वास्थ्यमा पर्यावरणीय संकट र जलवायु परिवर्तनको असरले मात्रै असर गरेको छैन । उनीहरूमा आफ्नो गलत व्यवहारको समस्या पनि मडारिने गरेको छ । उनीहरूमा हानिकारक फास्ट फुड, मदिरा र धुम्रपान सेवनको लत समेत बढ्ने गरेको छ । यसले उनीहरूमाथि सन्देहको पहाड खडा भएको छ । शोधमा यसलाई लिएर चिन्ता यस कारण जनाइएको छ कि यस्तो अवस्था सिर्जना भइसक्दा पनि कुनै देशको सरकारले केही पनि गर्न सकेको छैन ।

कसरी गरिएको थियो अध्ययन ?

यो शोध विश्व स्वास्थ्य संगठनद्वारा गठित आयोगले १८० देशमा गरिएको थियो । यसमा बच्चाको जीवनलाई स्वास्थ्य, शिक्षा र पोषण जस्तो बाल कल्याण योजनाहरू तथा उपायको आधारमा आकलन गरिएको थियो । साथमा यस अध्ययनमा ग्यास उत्सर्जनको प्रभाव र मध्यम आय भएका मान्छेको आय सम्बन्धी समस्यालाई समेत खोजी गरिएको थियो । यसमा गरिब देशमा बच्चाको स्वास्थ्य र उनीहरूको क्षमता बिस्तारको लागि गर्नुपर्ने थप परिश्रमको बारेमा समेत उल्लेख गरिएको छ ।

रिपोर्टका अनुसार यदि विश्वव्यापी जलवायु परिवर्तनका कारण आगामी ८० वर्षमा चार डिग्री सेल्सियसभन्दा अधिक तापक्रम बढ्न जान्छ । यसबाट समुद्रमा जलस्तर, तातो हावा, मलेरिया र डेंगु जस्तो बिरामी तथा कुपोषण जस्तो समस्या खतरनाक स्तरमा बढ्न पुग्छ भनेर चेतावनी दिइएको छ । जुन समस्या बच्चाको स्वास्थ्यको लागि विनाशकारी रहेको बताइएको छ ।

बच्चालाई कसरी दिन सकिन्छ उत्तम स्वास्थ्य र भविष्य ?

अहिलेको अवस्था अत्यन्त दयनीय रहेको भन्दै विश्व स्वास्थ्य संगठनले एउटा महत्वपूर्ण सुझाव दिएको छ । जसमा जलवायु परिवर्तन र खराब पर्यावरणबाट बच्चालाई जोगाउन सकिन्छ । ती निम्नानुसार छन् ।

–कार्बनडाइअक्साइडको उत्सर्जनलाई तुरुन्त रोक्नुपर्छ

–स्थायी विकासमा बच्चा र किशोरको स्वास्थ्य सबैभन्दा पहिलो प्राथमिकता राख्नुपर्छ ।

–बाल स्वास्थ्य र अधिकारीको दिशामा काम गर्नको लागि सबै क्षेत्रमा नयाँ नीति अपनाउनुपर्छ ।

–नीतिगत फैसला लिनुभन्दा पहिले बच्चाको स्वास्थ्य सम्बन्धी कुरालाई समेत समेट्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment