Comments Add Comment

थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ थानकोटमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान साढे ४ बजे नम्बर नखुलेको बसले ठक्कर दिँदा बाजुरा घर भई थानकोट बस्दै आएका ४० वर्षीय नवीन लोहारको मृत्यु भएको हो ।

उनी तरकारी बेच्न हिँडिरहेका बेला पहेंलो रंगको बसले ठक्कर दिएको थियो । घाइते लोहारलाई उपचार गर्न ओम समाज अस्पताल सतुंगलमा पुर्याएलगत्तै पौने ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनलाई ठक्कर दिने बसको नम्बर खुलेको छैन । एउटा शंकास्पद बसलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

दिपायलमा मोटरसाइकलको ठक्करबाट मृत्यु

यसैगरी डोटीको दिपायलमा सोमबार राति मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

से ५ प. ९४६९ नम्बरको मोटरसाइकलले गएराति करिब १०ः३० बजेतिर ठक्कर दिँदा दिपायल सिलगढी नगरपालिका–४ की ७० वर्षकी टिकेश्वरी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर मल्लका अनुसार मोटरसाइकल चालक फरार छन् । मोटरसाइकल कसको हो भन्ने पनि नखुलेको सूचना अधिकारी मल्लले बताए ।

प्रारम्भिक जानकारी अनुसार मोटरसाइकल चालक धनगढीको मान्छे भएको भन्ने जानकारी रहेको र उनको खोजी कार्य भइरहेको मल्ल बताउँछन् ।

पिपल्ला बजार क्षेत्रमा मागेर खाने गरेकी बिकको शव घटनास्थलमै रहेको र घटनास्थल मुचुल्का एवं शव व्यवस्थापनका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तीराज जोशीको नेतृत्वमा टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

सोमबार दिउँसो मात्रै दिपायल नजिकै दुई वटा मोटरसाइकल आपसमा ठोक्किंदा ३ जना घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment