Comments Add Comment

हालसम्म वाणिज्य बैंकका ६ हजार कर्मचारीमा कोरोना संक्रमण

२९ गतेदेखि १ गतेसम्म बैंकहरु बन्द हुने

२५ कात्तिक, काठमाडौं । ‘क’ वर्गका बैंकहरु -वाणिज्य बैंक) का मात्रै हालसम्म ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमित भएका छन् । कोरोना महामारीका बेला पनि नियमित सेवा दिइरहेका बैंकहरुको ६ हजार बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

नेपाल बैंकर्स संघले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको हो । संक्रमितमध्ये आधा जति निको भइसकेको संघले जनाएको छ । संघका अनुसार बाँकी रहेका संक्रमित कर्मचारीहरु कोही होम आइसोलेसनमा त कोही अस्पतालमा बसेर उपचार गराइरहेका छन् ।

धेरै कर्मचारीहरु संक्रमित भए पनि बैंकहरुले सेवा भने नियमित दिइरहेका छन् । संघका अनुसार आगामी २९ गतेदेखि भने मंसिर १ गतेसम्म भने बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भएका छन् । तिहारको अवसरमा २९ गतेदेखि १ गतेसम्म सबै कार्यालयहरु बिदा दिने निर्णय भएको संघको भनाई छ ।

संघका अनुसार यस अवधिमा बैंकका सबै शाखा कार्यालयहरु बन्द हुने भए पनि डिजिटल सेवाहरु भने सधै खुला हुनेछन् । संघले यस अवधिमा बैंकिङ कारोबार गर्नुपरे डिजिटल कारोबार गर्न सर्वसाधारणमा अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment