Comments Add Comment

दक्षिणकालीमा सेलरोटी प्रतिस्पर्धा, विजेताले पाए नगद पुरस्कार

२५ कात्तिक, काठमाडौं । तिहारको पूर्वसन्ध्यामा दक्षिणकालीमा सेलरोटी प्रतिस्पर्धा भएको छ । दक्षिणकाली मन्दिरको परिचय बोकेको सेलरोटीको मौलिकता र बजारीकरण गर्ने उदेश्यले सोमबार होटेल व्यवसायीबीच सेलरोटी पकाउने र पस्कने कला प्रतिस्पर्धा गरिएको छ ।

होटेल संघ नेपाल (हान)का अनुसार तिहारमा पकाइने मुख्य परिकारमध्येको एक सेलरोटी र दक्षिणकाली मन्दिरको धार्मिक पर्यटन प्रवर्दन गर्ने उद्देश्यले मन्दिर क्षेत्रमा रहेका करिब ५ दर्जन व्यवसायीबीच प्रतियोगितामा सहभागी भएका थिए ।

ललितपुर सातदोबाटोस्थित आईएचएम कलेज र आइएम विथ सेफको संयोजन तथा दक्षिणकाली नगरपालिका र नेपाल पर्यटन बोर्डको सयुक्त सहकार्यमा नेपाली सेफ जगतका एक दर्जन भन्दा बढी संघसस्थाले यस कार्यक्रममा सहयोग गरेका थिए ।

नेपाली मौलीक खानालाई स्थानीय स्तरबाटै चिनाउने र त्यसको मौलिकता तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हानले उल्लेख गरेको छ ।

प्रतियोगितामा सहभागी व्यवसायीलाई ३ समुहमा बिभाजन गरि सेफहरुको ३ ओटा निणर्ायक मण्डलीले तयारी, मौलिकता, स्वाद र बजारीकरणको सम्भावनालगायत मापदण्डलाई आधार बनाएर उत्कृष्ट छनोट गरेका थिए । प्रतियोगितामा मायादिदीको खाजा पसलकी सञ्चालक माया ब्लोन प्रथम, जयकाली खाना होटलका सञ्चालक सारदा तामाङ्ग दोस्रो र बालकृष्ण श्रेष्ठ तेस्रो बने ।

उनिहरुलाई दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले क्रमश नगद १०, ७ र ५ हजार तथा प्रशंसापत्र प्रदान गरेका छन् । मेयर बस्नेतले दक्षिणकाली क्षेत्रको पहिचान अब सेलरोटीले चिनाउने बिश्वास व्यक्त गरे ।

होटल संघ नेपाल (हान)का प्रथम उपाध्यक्ष बिनायक शाहले कोभिडका कारण पर्यटन वर्ष नै स्थगित गर्नु परेको अवस्थामा यस किसिमका कार्यक्रमले व्यवसायीको हौसला बढ्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment