+
+
Shares

कौसी थिएटरमा ‘द टेस्ट अफ सेलरोटी’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १ गते १२:२३

१ असार, काठमाडौं । कौसी थिएटरले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा ‘द टेस्ट अफ सेलरोटी’ नाटक मञ्चन गर्ने भएको छ । निर्देशक मिल्सन डी चाम्लिङ (मिल्सन राई) को निर्देशकीय डेब्यु रहेको यो नाटक ७ देखि २९ असारसम्म मञ्चन हुने भएको हो ।

यो नाटकले तीन भिन्न कालखण्डका कथाहरूलाई ‘सेलरोटी’को प्रतीकात्मक मर्ममार्फत जोड्ने बताइएको छ । बेडना खेरेसुङ्मा राई र प्रयास बान्तवा राईको अभिनय रहने यस नाटकले सामाजिक-राजनीतिक मुद्दाहरूलाई सर्वसाधारणको जीवनसँग जोड्ने काम पनि गर्ने बताइएको छ ।

हरेक साँझ ५:१५ बजेबाट सुरु हुने यस नाटकले दर्शकलाई माया र विछोडको यात्रामा लैजाने निर्देशक राईको भनाइ छ ।

यसअघि वार्षिकोत्सवको अवसरमा नाटकघरले नयाँ नाटककार/निर्देशकहरूलाई प्रोडक्सनको प्रस्ताव सहित आह्वान गरेको थियो । त्यसैमा राईको नाटक छनौट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?