१० जेठ, काठमाडौं । थापागाउँस्थित एक थिएटर नेपालमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ को प्रदर्शन अनिश्चित कालका लागि रोकिएको छ । राजनीतिक दबाबका कारण नाटक रोक्नु परेको निर्देशक सहलेसले बताए ।
उनका अनुसार आइतबार बसेको आकश्मिक बैठकले नाटकको प्रदर्शन रोक्ने निर्णय गरेको हो ।
नाटकलाई लिएर पछिल्लो समय ज्यान मार्ने धम्की आए पछि कलाकारहरू तनावमा परेको उनले बताए । निर्देशक सहलेसका अनुसार यसै नाटकमा संलग्न एक जना कलाकारले शनिबार इस्टाग्राममा नाटकमा आवद्ध नहुने लेखेका थिए । त्यसपछि उनी सम्पर्कमा आएनन् ।
उनका अनुसार धेरैले नाटकको नाममा प्रयोग गरिएको लुसिफर शब्दलाई लिएर आपत्ति जनाएक छन् । यो नामलाई राजनीतिकरण गर्न खोजिएको उनको गुनासो छ ।
थिएटरमै आएर एक समूहले नाटक बन्द गर्नुपर्ने बताएको थियो । यसबाहेक व्यक्तिगत फोनमा कल गरेर थर्काएको उनले जानकारी दिए ।
अब नयाँ कलाकार नभेटेसम्म नाट्क नहुने पनि उनले बताए । यसले कलाकारको मनोविज्ञानलाई कमजोर बनाएको गुनासो उनको छ ।

प्रतिक्रिया 4