+
+
Shares

‘कांग्रेससहितका शक्तिले नेपाल–चीन सीमा विवादको आधारहीन हल्ला फैलाए’

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २६ गते ९:२९
नेपाल–चीन सिमानाको १२ नम्बर पिल्लर

२६ कात्तिक, काठमाडौं । चीनले नेपालको सीमा मिचेको भनेर सार्वजनिक ‘मिथ्या रिपोर्ट’को पछाडि नेपाली कांग्रेस, भारतीय र पश्चिमा मिडियाको हात रहेको आरोप चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले लगाएको छ ।

पत्रिकाले केही नेपाली विज्ञहरुलाई समेत उल्लेख गरेर लामो रिपोर्ट प्रकाशित गरेको छ । सो रिपोर्टमा भनिएको छ, ‘प्रो–इन्डियन पार्टीको ट्याग लागेको प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेसलाई यो हल्ला फैलाउने मुख्य संस्थाको रुपमा लिइएको छ ।’

विभिन्न व्यक्तिहरुलाई उल्लेख गर्दै रिपोर्टमा कांग्रेस नेता एवम् कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई विभिन्न आरोपहरु पनि लगाइएको छ र उनैले चीन विरोधी आरोपको पहल गरेको उल्लेख गरिएको छ ।

शाहीको टोलीले हुम्लामा चीनले सीमा मिचेको भन्ने स्थानको भ्रमण गरेर चीनले सीमा मिचेको प्रतिवेदन पार्टी कार्यालयमा बुझाएका थिए र पछि नेपाली कांग्रेसले त्यसलाई अपनत्व समेत लिएको थियो ।

शाहीको सो भ्रमणपछि भारतीय र पश्चिमा मिडियाहरुले बेनामे स्रोतलाई उल्लेख गर्दै चीनले नेपालको सीमा मिचेको सम्बन्धमा समाचार प्रकाशित गरेको पनि सो पत्रिकाले उल्लेख गरेको छ । सो पत्रिकाले विभिन्न व्यक्तिहरुलाई उल्लेख गर्दै शाहीलाई अन्य आरोप समेत लगाएको छ ।

नेपाली विज्ञहरुलाई उल्लेख गर्दै ग्लोबल टाइम्स लेख्छ, ‘धेरै अदृश्य वैदेशिक लगानी भएको नेपाल एउटा सानो मुलुक हो, जहाँ भारतीय र पश्चिमाहरु आफ्नो प्रभाव जमाउन लागिरहेका छन् ।’

केही दिन अगाडि बेलायतको प्रसिद्ध पत्रिका दि डेली टेलिग्राफले चिनियाँ सेना नेपाली भूभागमा आएर सैन्य आधार नै बनाउन लागेको समाचार प्रकाशित गरेपछि चीन आक्रोशित भएको छ ।

यस विषयमा ती पत्रिकाका संवाददाता र चिनियाँ विदेश मन्त्रालयको बिचमा लामो सवाल–जवाफसमेत भएको थियो । पहिला भारतीय सञ्चार माध्यममा समाचार आउँदा कम चासो दिएको चीन, पश्चिमा मुलुकहरुमा समाचार आउन थालेपछि भने आक्रोशित देखिन्छ, जुन ग्लोबल टाइम्सको रिपोर्टले पनि संकेत गर्छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?