Comments Add Comment

गुल्मीमा कृत्रिम फूलका माला विस्थापित हुँदै

अघिल्ला वर्षहरुमा कृतिम फूलका मालाले झकिझकाउ हुने पसलहरु ।

२६ कात्तिक, गुल्मी । दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । यो समय यसअघि कृतिम फूलका मालाहरुले तम्घास बजार झकिझकाउ हुने गर्दथ्यो । तर यसवर्ष भने कृतिम फूलका माला भित्रिएका छैनन् ।

जिल्लाका विभिन्न स्थानीय तहले कृतिम माला निषेध गरेकाले पनि यसवर्ष बजारमा अघिल्लो वर्षहरुमा जस्तै कृतिम माला नभित्रिएका हुन् ।

गाउँघरमा प्रशसस्त मात्रामा फूलहरु नपाइने भएपछि कृति मालाको प्रयोग बढ्दो क्रममा थियो । तर स्थानीय तहको निर्णयले अहिले स्थानीयमा फूलका मालातर्फ आर्कषण बढेका छ ।

यसवर्ष तिहार पर्व ढिलो भएता पनि बजारमा कृतिम फूलका मालाहरु भित्रिएका छैनन् । कृतिम फूलका मालाभन्दा बारीमै फूलेका फूलहरु लगाउँदा सुन्दर देखिने भएकाले यसवर्ष बजारमा कृतिम फूलका मालाहरु बजारमा नभित्रिएको तम्घास उदिनढुंगाका व्यवसायी गिरिराज भण्डारीले बताए ।

उनले यसवर्ष कोरोना महामारीले खासै चहलपहल नभएकाले पनि अघिल्लो वर्ष जस्तो कृतिम फूलका मालाहरु बजार नभित्रिएको तर्क रहेको छ । तर अहिले किनेरै भए पनि फूलकै मालाहरु लगाउनु पर्छ भन्ने मान्यताको विकास भएकाले पनि कृतिम फूलका मालाहरु विस्थापितभएको स्थानीयको भनाइ छ ।

तिहारको पाँचौ दिन भाइटीकाको दिन टीकासँगै फूलका माला लगाउने प्रचलन रहिआएको छ । गाउँमा फूलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु लगाइदिने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment