Comments Add Comment

निजी क्षेत्रसँग मिलेर अर्थतन्त्रको पुनर्उत्थान गर्न सकिन्छ : अर्थमन्त्री पौडेल

२६ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको मनोबल र आत्मविश्वास बढाएर काम गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायत प्रतिनिधिमण्डलसँग भेट्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई सहयोग र प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए ।

उनले निजी क्षेत्रसँगको सहकार्यमै कोभिड-१९ले पारेको प्रतिकूलतालाई न्यूनीकरण गर्दै अर्थतन्त्रको पुनर्उत्थान गर्न सकिने समेत बताएका छन् । त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

अर्थमन्त्री पौडेलले प्रतिकूल अवस्थामा स्वास्थ्य सुरक्षाका सबै मापदण्डलाई विशेष ध्यान दिएर व्यापार, व्यावसाय र उद्योगहरु चलाइ अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका छन् । उनले बजेटमा उल्लेख गरिएका राहत र पुनर्उत्थानका कार्यक्रमहरुलाई सबैको साथ लिएर कार्यान्वयन गर्ने प्रतिवद्धता समेत गरेका छन् ।

अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रका समस्या र कठिनाइलाई बुझ्ने र निजी क्षेत्रले सरकारको सीमा र भूमिकालाई बुझेर अघि बढ्दा धेरै समस्या समाधान सकिने धारणा व्यक्त गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले क्रयशक्ति बढाइ आर्थिक क्षेत्रलाई चलायमान बनाउन, व्यापार र उद्योग क्षेत्रलाई सहज रुपमा सञ्चालन गर्ने वातावरण तयार पार्न आग्रह गरे । उक्त अवसरमा चेम्बरले सरकारलाई विभिन्न सुझाव पेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment