 
																			२७ कात्तिक, काठमाडौं । सशस्त्र प्रहरीले महात्तरीबाट लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ ।
महोत्तरीको एकडाँडा गाउँपालिका–३ स्थित भटौलियामा ना.३ च ९६२४ नम्बरको जिप चेकजाँच गर्ने क्रममा ११० केजी गाँजासहित मकवानपुरको भिमफेदी गाउँपालिका–२ का ३० वर्षीय अम्मरकुमार थिङ बुधबार राति पक्राउ परेका हुन् ।
सशस्त्रका प्रहरी उपरीक्षक (एसपी) सुरेश सापकोटाका अनुसार गाँजा बोक्न प्रयोग भएको जिपबाट ३० बोरा चोकर, २ थान मोबाइल, ८ हजार १५० रुपैयाँ नगद समेत बरामद भएको छ ।
एसपी सापकोटाका अनुसार पक्राउ परेका थिङलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यलय जलेश्वरमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4