Comments Add Comment

होम आइसोलेसनमा रहेका संक्रमितलाई टेलिमेडिसिनबाट परामर्श

२७ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई स्वास्थ्य सल्लाह दिन कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि टेलिमेडिसिन (दुर–चिकित्सा) सेवा सञ्चालन गरेको छ ।

अब होम आइसोलेसनमा रहेका संक्रमितले टेलिमेडिसिन सेवामार्फत विशेषज्ञ चिकित्सकबाट परामर्श लिन सक्ने उक्त सेवाका प्रदेश संयोजक डा. नवराज केसीले बताए ।

‘अहिले धेरै संक्रमितहरु होम आसोलेसनमा छन् । उनिहरुलाई जतिखेर पनि कडा लक्षण देखिन सक्छ,’ डा. केसीले भने, ‘त्यस्तो अवस्था आए हामी ह्वाट्स एप, भाइबर र म्यासेन्जर मार्फत भिडियो सम्वाद गरेर आवश्यक परामर्श र सल्लाह दिन्छौं ।’

दैनिक संक्रमितको तथ्याङ्क लिएर उनीहरु निको नहुँदासम्म सम्पर्कमा रहने डा. केसीले बताए । ‘संक्रमतिको अवस्था नाजुक भए घरमै एम्बुलेन्ससमेत पुर्‍याउने व्यवस्था गर्ने छ’ उनले भने ।

कर्णालीजस्तो विशेषज्ञ चिकित्सक अभाव रहेको ठाउँमा यो सेवा निकै प्रभावकारी हुने प्रदेश स्वास्थ्य निर्देशक डा. रबिन खड्काले बताए । ‘यसबाट कर्णालीका दुर दराजका गाउँबाट पनि बिरामीले सहरको विशेषज्ञ सेवा पाउनेछन ।’ उनले भने ।

प्रदेश अस्पतालमा रहेको टेलिमेडिसिन कक्षमा बसेर भिडियोमार्फत संक्रमितहरुलाई विशेषज्ञ चिकित्सकले परामर्श दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment