Comments Add Comment

गुल्मीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

२७ कात्तिक, काठमाडौं । रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार गुल्मीको रेसुङ्गा नगरपालिका–१ का ६८ वर्षीय पुरूषको उपचारको क्रममा बिहीबार दिउँसो २ः१० बजे मृत्यु भएको हो ।

२० कात्तिकमा कारोना संक्रमण पुष्टि भएका उनी ज्वरो र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि त्यसको भोलिपल्ट अस्पतालमा भर्ना भएका थिए । उनी मधुमेहका बिरामी समेत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment