+
+
Shares

विराटनगरमा राजावादीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २७ गते १८:२२

२७ कात्तिक, विराटनगर । राजसंस्था फर्काउन माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली निकालेका छन् । राजावर्दी संगठनहरुले बिहीबार विराटनगरमा राजसंस्था फर्काउन माग गर्दै र्‍याली निकालेका हुन ।

विराटनगर कञ्चनबारी चोकबाट निकालेको र्‍यालीले बजार परिक्रमा गरेको थियो ।

दुई तिहाइ बहुमत प्राप्त नेकपा नेतृत्व सरकार र पार्टी आन्तरिक विवादमा फसेको बेला राजावार्दी संगठनहरुले राजसंस्था फर्काउन माग गर्दै प्रदर्शन गरेका हुन ।

नयाँ संविधान र गणतन्त्र धोका हो भन्दै राजावदीहरुले पुन: राजसंस्था फर्काउन माग गरे । आन्दोलनको नेतृत्व नेपाल बिद्धत परिषदले गरेको थियो । यसअघि बुटवलमा पनि राजावादीहरुले प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?