Comments Add Comment

राजदूत ढकाल आइरिनाको नेपाली स्थायी प्रतिनिधि नियुक्त

युएई / अन्तर्राष्ट्रिय सौर्य नवीकरणीय ऊर्जा संघ (आइरिना) को नेपाली स्थायी प्रतिनिधिका रुपमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल नियुक्त भएका छन् ।

उनले संघका महानिर्देशक फ्रान्सिस्को ला क्यामेरासमक्ष बिहीबार नेपालको स्थायी प्रतिनिधिको रूपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

ढकाल आइरेनाका लागि पहिलो नेपाली स्थायी प्रतिनिधिका रुपमा नियुक्त भएका हुन् ।

नवीकरणीय ऊर्जाको क्षेत्रमा काम गदै आएको संघले संघमा आवद्ध नेपालसहितका मुलकको नवीकरणीय ऊर्जा क्षेत्रको विकासमा जोड दिदै आएको छ ।

गतवर्ष युएईमा भएको संघको १०औं वार्षिक सम्मेलनमा युएईले नेपाललाई एक अर्ब १४ करोड रुपैँया ऊर्जा क्षेत्रको विकासमा सहयोग गरेको थियो । उक्त रकमबाट ३९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्याँस आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादनमा लगानी गरिने छ ।

खाडी राष्ट्रबाट नेपाल भित्रिएको यो सबैभन्दा ठुलो सहयोग रकम हो । प्रविधिको विकास र विकासोन्मुख मुलुकको ऊर्जा क्षेत्रको विकासमा लागानी गर्नसमेत संघले सहयोग पुर्‍याउँदै आएको छ ।

ऊर्जामा लगानी भित्राउन र नेपालको ऊर्जा क्षेत्रलाई प्रर्वधन गर्न आफूले भुमिका निर्वाह गर्ने राजदूत ढकालले प्रतिवद्धता जनाए ।  उनले थपे, ‘आइरेनासँग मिलेर ऊर्जा विकासमा धेरै काम गर्न सकिन्छ ।

परम्परागत ऊर्जाका श्रोतलाई विस्थापति गदै आधुनिक र नवीकरणीय क्षेत्रमा काम गर्न मद्दत मिल्नेछ ।

१८० मुलुक सहभागी रहेको संघमा १६१ मुलुक सदस्य रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment