Comments Add Comment

‘बाइडनको कार्यकालमा पनि अमेरिका–चीन व्यापारिक तनाव कायम रहन्छ’

Photo Credit : REUTERS

२८ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपति जो बाइडन बनेपछि पनि अमेरिका–चीन व्यापारिक तनाव कायम रहने चिनियाँ पूर्व अर्थमन्त्री लोउ जिवेईले बताएका छन् । शुक्रबार उनले बाइडन अमेरिकाको राष्ट्रपति बन्दा पनि अमेरिका–चीन व्यापारिक तनावमा भने कमी नआउने बताएका हुन् ।

लोउ अहिले अर्थमन्त्रीबाट अवकाश पाएर अहिले चिनियाँ संसद्को परामर्शदाताको रुपमा काम गरिरहेका छन् । उनले शुक्रबार बोइजिङको काइसिन समिटमा बोल्दै यस्तो धारणाा राखेका हुन् । गत साता भएको निर्वाचनमा डेमोक्रेटिक पार्टीका जो बाइडन विजयी भएको समाचारसँगै चीन र एसियाका अन्य क्षेत्रहरुको शेयर बजार उकालो लागेका थिए ।

शुक्रबार बाइडनको कार्यकालमा अमेरिका–चीनको आर्थिक तथा व्यापारिक सम्बन्धको बारेमा सोधिएको प्रश्नमा लोउले यस्तो बताएका हुन् । यद्यपि अमेरिकासँग चीनसँगको व्यापार घाटा घटाउन भने निकै कठिन रहेको बताएका छन् । उनले अबको चार वर्षपछि पनि चीनसँगको अमेरिकाको व्यापारघाटा बढ्दो क्रममा रहने बताए ।

सन् २०१८ को मध्यबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनसँगको व्यापारयुद्ध सुरु गरेको थियो । त्यसयता निरन्तर दुई मुलुकले एकअर्कामाथि अतिरिक्त भन्सार शुल्क लगाउँदै आएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment