Comments Add Comment

संघीयता कति अपरिहार्य छ भन्ने कोरोनाका बेला देखियो : पोखरेल

२८ कात्तिक, काठमाडौं । उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता ईश्वर पोखरेलले नोवेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा स्थानीय सरकारहरूले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

गाउँपालिका राष्ट्रिय महासंघद्वारा प्रकाशित ‘स्थानीय सरकारका तीन वर्ष’ पुस्तक शुक्रबार वेवीनारमार्फत सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले स्थानीय सरकारहरूको कामको प्रशंसा गरेका हुन् ।

‘कोरोनाका बेला पालिकाहरूले खेलेको भूमिकाले नेपालमा संघीयता किन सफल हुन्छ, कति अपरिहार्य छ, कति उपयुक्त छ भन्ने देखाएको छ’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने । पालिकाहरूले कोरोनाका बेला गरेका कामहरूबारे अनुसन्धान र प्रचारप्रसार गर्नुपर्नेमा उनको जोड थियो ।

संविधानसभा सदस्य तथा स्थानीय तहका जानकार कृष्णप्रसाद सापकोटाले केन्द्रमा रहेका सबै निर्देशनालयहरू खारेज गर्नुपर्नेमा जोड दिए । शिक्षा सम्बन्धी अधिकार पालिकाहरूलाई दिनुपर्नेमा उनको जोड थियो ।

गाउँपालिका महासंघका प्रमुख कार्यक्रम अधिकृत राजेन्द्र प्याकुरेलले पुस्तकमा तीन वर्षमा गाउँपालिकाहरूले सम्पादन गरेका असल तथा अनुकरणीय कार्यहरू समावेश गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment