+
+
Shares

सुरक्षा मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्न पाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १९:१४
फाइल तस्वीर

२८ कात्तिक, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण बन्द रहेका विद्यालयहरू स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाइने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलद्वारा २० कात्तिकमा स्वीकृत ‘विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा’ मा प्रदेश र स्थानीय तहले कोरोनाको अवस्था हेरेर विद्यालय सञ्चालन गर्न सकिने उल्लेख छ ।

‘प्रदेश सरकार तथा स्थानीय तहहरूले आफ्नो क्षेत्रका विद्यालयमा बालबालिकाको सुरक्षा, महामारीको संक्रमणबाट बचावट र सहज सिकाइ वातावरण तयारी गर्ने लगायतका विषयमा स्थानीय आवश्यकता अनुकुल रणनीति तयार गरी थप क्रियाकलापहरू गर्न सक्ने गरी आधारभूत क्रियाकलापहरू यस कार्यढाँचामा समेटिएको छ’ कार्यढाँचामा भनिएको छ ।

कोरोना संक्रमण बढेको अवस्थामा भने स्थानीय तहले जिल्ला संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरेर निश्चित अवधिका लागि विद्यालय बन्द पाइने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?