Comments Add Comment

थप १० जना कोरोना संक्रमितको मृत्यु

२८ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप १० जनाको मृत्यु भएको छ ।

काठमाडौंका ३, ललितपुर र कास्कीका २/२, भक्तपुर, काभ्रे र सप्तरीका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पतालहरुले जनाएका छन् ।

  • कमलपुर, सप्तरीका ४० वर्षका पुरुषको शुक्रबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक २० गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए ।
  • काठमाडौंका ६६ वर्षका पुरुषको कात्तिक २७ गते मृत्यु भएको छ । निमोनिया र मुटुसम्बन्धी समस्या देखिएपछि कात्तिक २० गते अस्पताल भर्ना भएका उनमा २१ गते संक्रमण पुष्टि भएको थियो ।
  • काठमाडौंकी ६७ वर्षकी महिलाको कात्तिक २७ गते मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २० गते अस्पताल भर्ना भएकी उनमा कात्तिक २२ गते संक्रमण पुष्टि भएको थियो । उनी रक्तअल्पता र थाइराइडको बिरामी थिइन् ।
  • काठमाडौंका ७० वर्षका पुरुषको शुक्रबार मृत्यु भएको छ । कात्तिक १९ गते अस्पताल भर्ना भएका उनमा २२ गते संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो ।
  • ललितपुरकी ८४ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि कात्तिक २५ गते अस्पताल भर्ना भएकी उनमा त्यसै दिन संक्रमण देखिएको थियो ।
  • ललितपुरकी ८८ वर्षकी महिलाको कात्तिक २७ गते मृत्यु भएको छ । कात्तिक २५ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा निमोनियाको समस्या देखिएको थियो ।
  • भक्तपुरका ७५ वर्षका पुरुषको कात्तिक २७ गते होम आइसोलेसनमा मृत्यु भएको छ । कात्तिक २५ गते संक्रमण पुष्टि भएका उनमा निमोनिया देखिएको थियो ।
  • काभ्रेपलाञ्चोकका ६२ वर्षका पुरुषको कात्तिक २६ गते मृत्यु भएको छ । निमोनियाको समस्या देखिएपछि कात्तिक २२ गते अस्पताल भर्ना भएका उनमा कात्तिक २६ गते संक्रमण पुष्टि भएको थियो ।
  • पोखरा महानगरपालिका– १४ कास्कीका ६७ वर्षकी महिलाको शुक्रबार विहान २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक २१ गते संक्रमण पुष्टि भएको उनमा निमोनिया, हाइपरटेन्सन र मुटुसम्बन्धी समस्या थियो ।
  • पोखरा महानगरपालिका–१५ कास्कीका ५४ वर्षकी महिलाको कात्तिक २७ गते दिउँसो ३ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । कात्तिक २६ गते संक्रमण पुष्टि भएका उनमा निमोनिया, मधुमेह, मुटुसम्बन्धी समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment