+
+

माछापुच्छ्रे बैंकको डिजिटल देउसी भैलो, सर्वोत्कृष्टले ५० हजार प्राप्त गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते २०:१६

२८ कात्तिक, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपालीहरुको दोस्रो ठुलो चाड तिहारको अवसरमा डिजिटल देउसी भैलोको आयोजना गरेको छ ।

देउसी भैलोमा सहभागिहुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसी भैलो गित भिडियो सहितबनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ ।

यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीले लाई ५० हजार प्रदानगरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ । कोरोनाभाइरसको जाखिमले गर्दा अघिल्ला बर्षहरुमा जस्तो घरघरमागएर देउसी भैलो खेल्ने अवस्था नरहेकोले आफुसँग प्रतिभा रहेकाव्यक्तिलाई लक्षित गरी माछापुच्छ्रे बैंकले उक्त देउसी भैलो कार्यक्रम संचालनमाल्याएको हो ।

बैंकले बिशुद्ध बैंकिङ सेवाको साथ बिभिन्न समयमा ग्राहक लक्षित यस्ता प्रतियोगिताको आयोजना गर्देै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?