+
+
Shares

थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २९ गते १७:०१

२९ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १९४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ७५३ नमुना परीक्षण गर्दा ८१६ महिला र ११३० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । उनहिरुमध्ये १ लाख ७० हजार ६३२ जना संक्रमणमुक्त भएका छन् भने १२१५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर ३६ हजार ४५२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २७ हजार ७२० होम आइसोलेसनमा छन् भने ३७६ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ८३५ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ६४२, ललितपुरका १०५ र भक्तपुरका ८८ जना छन् ।

यस्तै कास्कीका २०८ जना, झापाका १२१, रुपन्देहीका ८२, गोरखाका ६४, काभ्रेका ५९, मोरङ र कैलालीका ५२/५२ जना, तनहुँका ४३, सुनसरीका ३५, बाँकेका ३४, डडेलधुराका १८, बर्दियाका १५, पर्वत र नवलपरासीका २४/२४ जना, मकवानपुरका २३, कपिलवस्तुका २१, बाग्लुङ र पाल्पाका १९/१९ जना, सिन्धुपाल्चोक र बर्दियाका १५/१५ जना, धादिङका १४, चितवन, दोलखा र नवलपुरका १२/१२ जना, म्याग्दी र लमजुङका १०/ १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बारा, स्याङ्जा, दाङ र कञ्चनपुरका ९/९ जना, धनुषा र डोटीका ८/८ जना, पर्सा र महोत्तरीका ७/७ जना, उदयपुरका ६, इलाम र सिन्धुलीका ४/४ जना, सोलुखुम्बु, सिराहा, नुवाकोट, गुल्मी र बैतडीका ३/३ जना, भोजपुर, रोल्पा र अछामका २/२ जना तथा ओखलढुंगा, खोटाङ, ताप्लेजुङ, तेह्रथुम, रौतहट, सर्लाही, रामेछाप, दैलेख, सल्यान र दार्चुलाका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?