+
+
Shares

कलाकार मनोज गजुरेल कोरोना संक्रमण मुक्त

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ३० गते ८:३१
फाइल तस्वीर

३० कात्तिक, काठमाडौं । वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका छन् ।

यसको जानकारी गजुरेल आफैंले सामाजिक सन्जालमार्फत् दिएका छन् ।

‘११ दिनको अस्पताल बसाइ पश्चात घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्,’ गजुरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन् । केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किने उनले बताएका छन् ।

यही कात्तिक १० गते उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । सुरुमा घरमै आइसोलेसनमा बस्दै आए पनि अक्सिजनको मात्रा घट्दै गएपछि र फोक्सोमा पनि संक्रमण देखिएपछि उनलाई यही कात्तिक २० गते बलम्बुस्थित सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो ।

उच्चस्तरको उपचार सेवा दिएको भन्दै उनले सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पताल परिवार, अस्पताल परिवारका सबै सदस्यहरु र सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

उनले कोरोना संक्रमणको महमारीबाट आफू जोगिन र अरुलाई पनि जोगाउन आह्वान गर्दै दीपावलीको शुभकामनासमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?