Comments Add Comment

रेसुङ्गाको गौशालामा सामूहिक गाईपूजा

३० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा गौशालामा आइतबार समूहिक रुपमा गाईपूजा गरिएको छ ।

रेसुङ्गा संरक्षण समितिको आयोजनामा धार्मिक स्थाल रेसुङ्गासँगै रहेको गौशालामा सामूहिक रुपमा गाईपूजा गरिएको हो ।

विगतका वर्षमा जिल्लाको सदमरमुकाम तम्घाससँगै विभिन्न स्थानबाट गाईको पूजा गर्न रेसुंगा आउनेहरुको भीड लाग्थ्यो । यो वर्ष कोरोना भाइरसको महामारीले पूजा गर्नेहरु घटेका छन् ।

रेसुङ्गासँगै रहेको गौशालामा २०४२ सालदेखि गाई पालिदै आएको छ । लामो समयदेखि यस क्षेत्रमा सदरमुकाम तम्घासवासी र छिमेकी गाउँपालिकाबाट मानिसहरु जाने गर्दछन् ।

रेसुङ्गामा स्थानीयले पितृहरुको मनोकांक्षा पूरा गर्न भन्दै गाईदान गरेर छोडने प्रचलन पनि रहेको छ । गौशालामा स्थानीय जातका गाई रेसुङ्गा संरक्षण समितिको संरक्षणमा पालिदै आएको हो

हाल गाईको संरक्षणको निम्ति प्रत्येक व्यक्तिबाट प्रतिदिन १ रुपैयाँ उठाउन अभियान पनि चलाइएको रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष नवराज भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment