+
+
Shares

यस्तो देखियो कलाकारहरुको भाइटीका (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १ गते १८:३९

नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारको आज अन्तिम दिन, भाइटिका । दिदी बहिनीहरुले दाजुभाइहरुलाई सप्तरंगी टिका लगाइदिएर मनाएका छन् । नेपाली चलचित्रका कलाकारहरुले पनि आजको भाइटिकालाई विशेष रुपमा मनाएका छन् ।

नायक आर्यन सिग्देलले आफ्ना दिदीबहिनीसँग भाइटिका लगाउँदै गर्दा नायक अनमोल केसीले आफ्नो दिदी र बहिनीसँग भाइटिका लगाएका छन् । अनमोलकी दिदी काजोल भाइटिकाकै लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । नायक भूवन केसीले पनि आफ्नी दिदीसँग भाइटिका लगाएका थिए ।

नायिका प्रियंका कार्की, सुहाना थापा, आँचल शर्मा, केकी अधिकारीले पनि भाइटिका विशेष रुपमा मनाएका छन् ।

यस्तै, नायिका पूजा शर्माले भाई अभिषेकसँग टिका लगाउँदै गर्दा नायक आकाश श्रेष्ठले पनि यसपटकको टिका पूजाकै घरमा बहिनीसँग लगाएका छन् । आकाशकी दिदीको भाइटिका नभएपछि उनी दाङ गएनन् ।

नायक पल शाहले आफ्नी बहिनीसँग भाइटिका लगाए । गायक दुर्गेश थापाले पनि पलकी बहिनीसँग नै भाइटिका लगाएका छन् । पल र दुर्गेसको मित्रता केही समययता बलियो बनेको छ ।

तस्वीरः कलाकारहरुको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?