+
+
Shares

नेवार समुदायमा आज पनि भाइटीका, देशभर सार्वजनिक विदा

बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २ गते ६:४८

२ मंसिर, काठमाडौं । नेवार समुदायका केही समूहले आज पनि भाइटीका लगाउँदैछन् । यस वर्ष मंगलबार बिहान पनि केही समय द्वितीया तिथि रहेकाले भाइटीका लगाउन लागिएको हो ।

नेवार समुदायको भाइटीका (किजापूजा) का लागि सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।

धेरैजसोले भने मंसिर १ गते नै भाइटीका लगाएका छन् ।

भाइटीकालाई लक्षित गरी रानीपोखरीको बीच भागमा अवस्थित बालगोपालेश्वर मन्दिर मंगलबार पनि बिहान ५ बजेदेखि नै खुल्ला गरिएको छ ।

दिदीबहिनी नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने चलन छ । त्यसैले बालगोपालेश्वर मन्दिर भाइटीकाको दिनमा मात्र खोल्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?