Comments Add Comment

अमेरिकामा पढ्न जाने नेपाली विद्यार्थीको संख्या घट्यो

२ मंसिर, काठमाडौं । गत वर्ष अमेरिकाका विभिन्न विश्वविद्यालय र कलेजमा पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा ३.८ प्रतिशतले कमी आएको छ ।

कोभिड–१९ महामारी, फि र अमेरिकाको अध्यागमन नीति विद्यार्थी घटनुका कारणहरु हुन् ।

नेपाल अमेरिकामा विद्यार्थी पठाउने २५ मुलुकभित्र पर्दछ । नेपालको मात्र होइन्, अन्य मुलुकहरुबाट समेत अमेरिकामा अध्ययन गर्न जानेहरुको संख्यामा कमी आएको छ ।

गत वर्ष अमेरिकामा भारतीय विद्यार्थी भर्नाको संख्यामा ४.४ प्रतिशतले कमी आएको थियो । कोरोना महामारीका कारण अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा ४२ प्रतिशतले कमी आएको छ ।

अमेरिकामा बढी विद्यार्थी पठाउने अन्य दुई दक्षिण एसियाली मुलुक बंगलादेश र पाकिस्तानबाट जाने विद्यार्थीको संख्यामा समेत कमी आएको छ । अमेरिकामा भारत र चीनबाट सबैभन्दा धेरै विद्यार्थी जाने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment