
३ मंसिर, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ का ४० वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
गत कात्तिक २५ गते कोरोना संक्रमण पुष्टि भएपछि २६ गते अस्पताल भर्ना भएका उनको बुधबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए । उनमा अधिक तौल (एक सय केजी) को समस्या रहेको डा. गौतमले बताए ।
प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4