Comments Add Comment

छोराछोरीले टिकटकमा के हेर्छन् ? अब बाबुआमाले थाहा पाउने !

करोडौँ किशोर किशोरी प्रयोगकर्ताहरुलाई मध्यनजर राख्दै टिकटकले थप अभिभावकीय नियन्त्रण प्रदान गरेको छ ।

यो सँगै अब टिकटकका किशोरावस्थाका प्रयोगकर्ताहरुले टिकटकमा के कुरा हेर्न वा शेयर गर्न सक्दछन् भन्ने कुरामाथि उनीहरुका अभिभावकले नियन्त्रण गर्न सक्नेछन् ।

मंगलबार एपमा थप गरिएका विभिन्न अभिभावकीय नियन्त्रणका टूल्सको घोषणा गर्दै टिकटकले उक्त नयाँ फिचरहरुको सहयोगमा अभिभावकहरुले आफ्ना किशोरावस्थाका छोराछोरीहरुलाई टिकटकमा आपत्तिजनक वा गलत सामग्रीहरु हेर्न वा शेयर गर्नबाट रोकन सक्ने जनाएको छ । यसअन्तर्गत छोराछोरीहरुले टिकटकमा के कुरा सर्च गर्न वा हेर्न पाउने, उनीहरुको प्रोफाइलमा कसले कमेन्ट गर्न पाउने, उनीहरुले लाइक गरेका भिडियोहरु कसले हेर्न सक्दछन् र उनीहरुको प्रोफाइललाई पब्लिक गर्ने कि प्राइभेट गर्ने भन्ने लगायतका कुरामा नियन्त्रण गर्न सक्दछन् ।

टिकटकको बालबालिका सुरक्षा नीति विभागकी प्रमुख तथा बाल सुरक्षा तथा सार्वजनिक नीति विभाग अन्तरर्गतको युरोपेली शाखाकी प्रमुखले संयुक्तरुपमा एक ब्लगपोष्टमा भनेका छन्, ‘हाम्रो उद्धेश्य भनेको सुरक्षा तथा किशोरकिशोरीको स्वतन्त्रताको बीचमा सामाञ्जस्यता कायम गर्नु हो । यो सँगै हामीले आफूलाई प्रस्तुत गर्नका लागि सुरक्षित तथा सहयोगी प्लाटर्फमको सिर्जना गर्ने कार्यसमेत गरिरहेका छौँ ।’

पछिल्लो फिचरहरु टिकटकले कतिपय युरोपेली मुलुकस्थित प्रयोगकर्ताहरुका लागि गत फेब्रुअरीमा जारी गरेको फेमिली पेयरिङ फिचरकै भाग रहेको बताइएको छ । उक्त फिचर अन्तर्गत अभिभावकहरुले आफ्नो टिकटक अकाउन्टलाई आफ्ना किशोरावस्थाका छोराछोरीहरुको अकाउन्टसँग जोड्न सक्दछन् ।

यसमा अभिभावकहरुले आफ्ना बच्चाबच्चीले कति समयसम्म टिकटक हेर्न पाउने भन्ने समयसीमा तोक्न सक्नुका साथै उनीहरुले कस्ता सामाग्रीहरु हेर्न पाउने कुरा समेत तय गर्न सक्दछन् । साथै यसबाट डाइरेक्ट मेसेज फिचर बन्द गरिदिन वा त्यसमा पावन्दी लगाइदिन पनि सकिन्छ ।

कतिपय युरोपेली मुलुकहरुमा परीक्षणका लागि उपलब्ध गराइएको सोही फिचरहरुलाई नै अहिले विश्वव्यापी बनाइएको टिकटकले जनाएको छ ।

स्मरणरहोस् टिकटक किशोर किशोरी तथा युवावस्थाका प्रयोगकर्ताको बाहुल्य रहेको सोसल मिडिया प्लाटर्फम हो । अमेरिकामा टिकटक प्रयोगकर्तामध्ये ३२.५ प्रतिशतको उमेर १० देखि १९ वर्षको रहेको एक तथ्यांकले देखाएको छ ।

सिएनएनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment