+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

कोरोनाका नयाँ संक्रमित देखिएसँगै साउथ अस्ट्रेलियामा लकडाउन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते १३:४८

३ मंसिर, काठमाडौं । अस्ट्रेलियाको साउथ अस्ट्रेलिया राज्यमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएसँगै बुधबार मध्यरातिदेखि लागू हुने गरी ६ दिने लकडाउन घोषणा गरिएको छ । आइतबार साउथ अस्ट्रेलियाको एडिलेडमा नयाँ संक्रमण देखिएयता अहिलेसम्म ३६ संक्रमित फेला परेका छन् । आइतबार एडिलेडमा ६ महिनापछि पहिलो पटक सामुदायिक संक्रमण भेटिएको हो । अधिकारीहरुले सुरुवातमा नै लकडाउन गरी संक्रमण नियन्त्रण गर्नु जरुरी रहेको भन्दै बुधबार मध्यरातिदेखि नै लागू हुने गरी लकडाउन घोषणा गरिएको हो ।

अस्ट्रेलियाले यसअघि पनि मुलुकका विभिन्न स्थानमा फैलिएको संक्रमण नियन्त्रणको लागि आक्रामक कदम चालेको थियो । जसको कारण मुलुकभर कोरोना संक्रमण शून्यमा झरेको थियो । अस्ट्रेलियाका विभिन्न राज्यहरुले संक्रमण नियन्त्रणको लागि अर्थतन्त्र, सीमा र सामाजिक गतिविधिमा प्रतिबन्धको विभिन्न योजना अघि सारेका थिए ।

यसअघि अस्ट्रेलियाको भिक्टोरियामा पनि दोस्रो लहरको कोरोना संक्रमण फैलिएको थियो । भिक्टोरियाले उक्त संक्रमणलाई अहिले शून्यमा झारेको छ । साउथ अस्ट्रेलियाका प्रिमियर स्टेफन मार्सलले नागरिकहरुलाई लकडाउनको पालना गर्दै समग्र समुदायलाई बचाउन आग्रह गरेका छन् । अधिकांश अस्ट्रेलियाली राज्यहरुले साताको सुरुवातमा नै साउथ अस्ट्रेलियाका नागरिकलाई आफ्नो सीमा बन्द गरिसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?