Comments Add Comment

कोरोनाका नयाँ संक्रमित देखिएसँगै साउथ अस्ट्रेलियामा लकडाउन सुरु

३ मंसिर, काठमाडौं । अस्ट्रेलियाको साउथ अस्ट्रेलिया राज्यमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएसँगै बुधबार मध्यरातिदेखि लागू हुने गरी ६ दिने लकडाउन घोषणा गरिएको छ । आइतबार साउथ अस्ट्रेलियाको एडिलेडमा नयाँ संक्रमण देखिएयता अहिलेसम्म ३६ संक्रमित फेला परेका छन् । आइतबार एडिलेडमा ६ महिनापछि पहिलो पटक सामुदायिक संक्रमण भेटिएको हो । अधिकारीहरुले सुरुवातमा नै लकडाउन गरी संक्रमण नियन्त्रण गर्नु जरुरी रहेको भन्दै बुधबार मध्यरातिदेखि नै लागू हुने गरी लकडाउन घोषणा गरिएको हो ।

अस्ट्रेलियाले यसअघि पनि मुलुकका विभिन्न स्थानमा फैलिएको संक्रमण नियन्त्रणको लागि आक्रामक कदम चालेको थियो । जसको कारण मुलुकभर कोरोना संक्रमण शून्यमा झरेको थियो । अस्ट्रेलियाका विभिन्न राज्यहरुले संक्रमण नियन्त्रणको लागि अर्थतन्त्र, सीमा र सामाजिक गतिविधिमा प्रतिबन्धको विभिन्न योजना अघि सारेका थिए ।

यसअघि अस्ट्रेलियाको भिक्टोरियामा पनि दोस्रो लहरको कोरोना संक्रमण फैलिएको थियो । भिक्टोरियाले उक्त संक्रमणलाई अहिले शून्यमा झारेको छ । साउथ अस्ट्रेलियाका प्रिमियर स्टेफन मार्सलले नागरिकहरुलाई लकडाउनको पालना गर्दै समग्र समुदायलाई बचाउन आग्रह गरेका छन् । अधिकांश अस्ट्रेलियाली राज्यहरुले साताको सुरुवातमा नै साउथ अस्ट्रेलियाका नागरिकलाई आफ्नो सीमा बन्द गरिसकेका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment