+
+
Shares

बाजुरामा जिपको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ३ गते १४:४६

३ मंसिर, डोटी । बाजुराको खप्तड छेडेदह गाउँपालिका-१ मा जिपको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ ।

डोगडीबाट बल्दै आउँदै गरेको सु प त०१ज १०२००३ नं. को जिपले ठक्कर दिँदा बुढीगंगा नगरपालिका-१ कुणीका रति लुहारका १० वर्षीय छोरा रमेशको मृत्यु भएको हो ।

बुधबार बिहान करीव ९ः५० मा जिपको ठक्करबाट घाइते भएका रमेशलाई उपचारका लागि अछामको बयलपाटा अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदनजित महराले जानकारी दिए ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको डीएसपी महराले बताए । उनले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?