Comments Add Comment

६७३१ जनामा परीक्षण गर्दा १४४२ जनामा कोरोना संक्रमण पुष्टि

३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

कहाँ कति संक्रमित ?

पछिल्लो २४ घण्टामा काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जनामा संक्रमण देखिएको छ । त्यस्तै चितवनमा १०५, कास्कीमा ३२, मोरङमा २९, मकवानपुरमा १७, झापा र रुपन्देहीमा १६/१६, स्याङ्जामा १५ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दाङमा १४, तनहुँमा १३, धनुषामा १०, सर्लाहीमा ९, बाँके र कैलालीमा ८/८, धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा ७/७, महोत्तरी, सिराहा, काभ्रे र पाल्पामा ६/६, सप्तरी, गोरखा, बाग्लुङ, कपिलवस्तु र नवलपरासीमा ५/५ जना संक्रमित भेटिएका छन् ।

बारा र प्युठानमा ४/४, इलाम, रामेछाप र म्याग्दीमा ३/३, धनकुटा, सुनसरी, सिन्धुली, पर्वत, लमजुङ, बर्दिया र दार्चुलामा २/२ र ताप्लेजुङ, भोजपुर, संखुवासभा, पर्सा, अर्घाखाँची, गुल्मी र रोल्पामा १/१ जना संक्रमित भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment