Comments Add Comment

अफगानिस्तानमा आफ्ना सेनाले युद्ध अपराध गरेको अष्ट्रेलियाको ठहर

४ मंसिर, काठमाडौं । अष्ट्रेलियाले आफ्ना सेनाले अफगानिस्तान युद्धको क्रममा अवैधरुपमा ३९ जना मानिसहरुलाई मारेको बताएको छ । बहुप्रतीक्षित एक प्रतिवेदनअनुसार अष्ट्रेलियाली स्पेसल फार्सले अष्ट्रलियामा युद्धको नियम पालना नगरेको पाइएको हो ।

अष्ट्रेलियाले डिफेन्स फोर्सले चार वर्षको अनुसन्धानपछि उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । उनीहरुले ५७ घटना र तीन सयभन्दा धेरै प्रत्यक्षदर्शीको आधारमा उक्त प्रतिवेदन तयार पारेका हुन् । अष्ट्रेलियाली डिफेन्स फोर्सका प्रमुख जनरल एङ्गुस काम्पबेलले यो योद्धा संस्कृतिको लज्जास्पद रेकर्ड भएको बताएका छन् ।

यस विषयमा सन् २०१६ मा अनुसन्धान तथा सोधपुछ सुरु भएको थियो । स्थानीय सञ्चारमाध्यमहरुले निहत्था मानिसहरु र बालबालिकाहलाई अष्ट्रेलियाली स्पेसन फोर्सले मारेको बताएका थिए । सुरुमा सरकारले यो विषयलाई लुकाउन खोजेको थियो । तर, दबाब बढ्दै गएपछि अष्ट्रेलियाले यसमा आफ्नो अनुसन्धान सुरु गरेको थियो ।

काम्पबेलले अहिले अनुसन्धानको क्रममा पाइएको घटना सैन्य कारबाहीको नियमको गम्भीर उल्लंघन भएको बताएका छन् । अवैधरुपमा निर्दोष मानिसहरु र कैदीहरु मारिएको घटना स्वीकार्य नहुने उनको भनाइ छ । यो युद्ध अपराधमा संलग्नमध्ये अझै पनि केही सैनिकहरु अष्ट्रलियाको सेनामा नै आबद्ध छन् ।

अफगानिस्तानमा अहिले पनि १५ सेनाको अष्ट्रेलियाली स्पेसन फोर्सले सैन्य कारबाही गरिरहेको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment