Comments Add Comment

पुनः मतगणना गर्दा पनि जर्जियामा हारे ट्रम्प

५ मंसिर, काठमाडौं । अमेरिकाको जर्जियामा पुनः मतगणना गर्दा पनि राष्ट्रपति डोनाल्ड ट्रम्प डेमो क्रेटि पार्टीका जो बाइडनसँग पराजित भएका छन् । जर्जियाका निर्वाचन अधिकारीहरुले यसको पुष्टि गरेका हुन् ।

यसघि गरिएको मतगणनामा पनि बाइडन ट्रम्पभन्दा अगाडि थिए । तर, ट्रम्प पक्षले मतगणनामा आपत्ति जनाउँदै पुनः मतगणनाको माग गरेका थिए । समग्र मतगणनाको नतिजा अनुसार बाइडनले ट्रम्पमाथि ५९ लाख मतान्तरको जित हात पारेका हुन् ।

अमेरिकाको राष्ट्रपति निर्वाचनमा बाइडनले ३०६ इलेक्टोरल कलेज भोट पाएका छन् भने ट्रम्पले २३२ इलेक्टोरल कलेज भोट पाएका छन् । अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्छ । बाइडनले एकपटक पुनः ट्रम्पमाथि निर्वाचनको नतिजा स्वीकार नगरेको भन्दै आलोचना गरेका छन् । बाइडनले ट्रम्पले आफ्नो हार स्वीकार नगर्नु ‘गैर-जिम्मेवारी’ कदम भएको बताएका छन् ।

बाइडनले ट्रम्पलाई आफूले यो निर्वाचन जित्दिनँ भन्ने थाहा हुँदाहुँदै पनि नतिजा स्वीकार नगरेको आरोप लगाएका छन् । जर्जियामा यसअघि दुई उम्मेदवाबीचको मत अन्तर निकै कम रहेको पाइएपछि निर्वाचन अधिकारीहरुले पुनः मत गणनाको निर्णय गरेका थिए ।

ट्रम्पको निर्वाचन अभियानकी वरिष्ठ कानुनी परामर्शदाता जेन्ना एलिसले जर्जियामा पुनः मतगणना गर्दा पनि अवैध भोटहरु गणना गरिएकाले नतिजामा कुनै अन्तर नदेखिएको आरोप लगाइन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment