Comments Add Comment

चिसोमा कोभिड संक्रमणबाट आफूलाई बचाउने ८ उपाय

काठमाडौं । चिसो मौसम सुरु भइसकेको छ । चिसो मौसममा बढी सक्रिय हुन्छ भन्ने मान्यता राखिएको कोरोना भाइरसले आम नेपालीको जनजीवन यतिबेला प्रभावित बनाएको छ । स्वतन्त्र भएर कतै पनि हिँड्न नसकेको अवस्था छ ।

कोरोना संक्रमण आफ्नै घरमा बसेका या कार्यालयमा काम गर्ने साथीलाई पनि भएको हुन सक्छ । त्यो अवस्था दुवैको लागि चिन्ताको अवस्था हो । तर यो अवस्थामा के हामी साथीबाट हुन सक्ने संक्रमणबाट बच्नको लागि के गर्ने ?

१. जाँच गर्नुहोस्

यदि तपाईको घरमा कसैलाई कोरोना संक्रमण पुष्टि भएको छ भने आफूले पनि तत्कालै कोरोना परीक्षण गर्नु नै सबैभन्दा उपयुक्त कुरा हो । लस एन्जलसका मेडिकल निर्देशक डा. स्काट ब्रान्स्टेन भन्छन् ‘यद्यपि परीक्षणको क्रममा नकारात्मक रिपोर्ट आएको छ भनेर आफू सुरक्षित ठान्ने भन्दा पनि अझै पनि सम्भावित संक्रमितको रुपमा आफूलाई हेर्नुपर्ने हुन्छ । यदि कसैले लक्षण नदेखिएसम्म टेस्ट गर्दिन भन्छ भने उसले १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । दुई सातासम्म पनि कुनै लक्षण देखिएन भने बल्ल उसले सो बेलासम्म आफू सुरक्षित रहेको ठान्न सक्छ ।

२. सम्पर्क सीमित गर्नुहोस्

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अधिकारीहरु कोभिडको महामारी नसकिएको भन्दै सम्पर्क सीमित गराउनु नै यसबाट बच्ने विकल्प रहेको बताउँछन् ।

कोरोना संक्रमित भइसकेका व्यक्तिलाई अरुबाट सकेसम्म अलग राख्नुपर्छ । यदि सम्भव छ भने कोरोना संक्रमितको लागि छुट्टै सुत्ने कोठा र शौचालयको व्यवस्था गर्न सकिन्छ ।

घरमा बस्दा पनि परिवारका सदस्यसँग समेत ३ फिटको दुरी कायम गर्नुपर्छ । जानकारहरुका अनुसार सम्पर्क कम गर्नुको अर्थ यो हो कि यदि केही गरी संक्रमितको नजिक पुगियो भनेपनि कडा खालको संक्रमण नहोस् भन्ने हो ।

तपाईंले कोरोना संक्रमित व्यक्तिको पनि पूरा हेरचाह गर्न सक्नुहुन्छ तर आवश्यकताको आधारमा उनीहरूको ठाउँ प्रविष्ट गर्नुहोस् । जस्तो उदाहरणको लागि संक्रमितलाई टाढाबाट खाना ल्याएर दिने, संक्रमितसँगै एउटै कोठामा लामो समय नबस्ने, संक्रमितको कोठामा जानै परे सुरक्षा उपकरणहरुको प्रयोग गरेर मात्रै जाने आदि ।

३. हावा प्रवाहमा बाधा नपुर्‍याउनुहोस्

तपाईंको बस्ने घरको झ्याल ढोका सधैं खुला राख्नुहोस् । यसको अर्थ कुनै कोठाभित्र कसैले ल्याएको कोरोनाको सम्भावित संक्रमण सोही कोठाको अर्काे मान्छेलाई नसरोस् भन्नेको लागि हो ।

४. मास्क लगाउनुहोस्

मास्क संक्रमित र संक्रमण भइनसकेका दुवै पक्षको लागि अनिवार्य छ । विश्व स्वास्थ्य संगठनले मास्कको मापदण्ड र त्यसको पहिरिने तरिकाको बारेमा उल्लेख गरेको छ । मापदण्ड अनुसार अनुशासित भएर मास्क लगाउने मात्रै हो भने पनि धेरैहदसम्म कोरोना भाइरसको संक्रमणबाट जोगिन सकिने चिकित्सकहरु बताउँछन् । ‘घरका सबै सदस्यहरुले विशेष गरी संक्रमित व्यक्तिलाई अनिवार्य मास्क लगाउन प्रेरित गर्नुपर्छ । मास्कले संक्रमित व्यक्तिको नाक र मुखबाट आउन सक्ने संक्रमणलाई रोक्न मद्दत गर्छ ।

यद्यपि मास्क लगाउँदा कोरोना भाइरसको संकुचनमा १०० प्रतिशत सुरक्षा ग्यारेन्टी त छैन । तर यसले धेरैहदसम्म कोरोनाबाट बचाउन मद्धत भने गर्छ । चिकित्सकहरुले मास्कको पनि गुणस्तरबारे उल्लेख गरेका छन् । कपडाको मास्क पनि गुणस्तर पूरा गरेको खण्डमा उपयुक्त हुने बताइएको छ । तर मास्क जस्तोसुकै भए पनि मास्क लगाउँदा नाक र मुख पूरा छोप्नु अनिवार्य छ । साथमा आँखामा पनि सुरक्षाको लागि चस्मा लगाउनुपर्छ ।

५. हात धुनुहोस्, किटाणु मार्नुहोस्

आफ्नो हातलाई कम्तीमा २० सेकेण्डसम्म साबुनपानीले धुनु पनि कोरोना भाइरसबाट जोगिने उपाय हो । विशेषगरी बिरामीले त हात धुनै पर्छ । साबुनपानी सहजै उपलब्ध नहुने ठाउँमा कम्तीमा ६० प्रतिशत अल्कोहल युक्त ह्यान्ड सेनिटाइजर प्रयोग गर्नुहोस् ।

६. स्वस्थ खानेकुरा खानुहोस्

नेपालमा धेरैले कोरोना भाइरस महामारीको समयमा गुर्जाे पानी खाने गरेको पाइएको छ । तर त्यो मात्रै नभएर खानामा स्वस्थ र पौष्टिकता युक्त खानेकुरा खानु पनि स्वास्थ्यको लागि अनिवार्य छ ।

यद्यपि सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वस्थ आहार खानु र वजन घटाउनु हो, न कि तनाव र अनिश्चितता समयमा सहज महसुस होस् । उपयुक्त जीवनशैलीबाट पनि हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्छौं । स्वस्थ खानाले मानिसलाई गम्भीर बिरामी बन्नबाट बचाउँछ ।

७. विश्वसनीय स्रोतहरूमा भरोसा राख्नुहोस्

मित्र, परिवार र सामाजिक सञ्जालमा अनेकथरी सूचनाहरू आउन सक्छन् । तर आधिकारिक सूचनालाई नै अवलम्बन गर्नु कोरोनाको महामारीबाट बच्ने उपाय के हो । कोरोना पोजिटिभ भएका मान्छेसँग कसरी व्यवहार गर्ने, पोजिटिभ भएपछि र हुनुअघि के–के खाने के–के नखाने ? जस्ता विषयबारे जानकारीका लागि आधिकारिक सूचनाको स्रोत खोज्नुपर्छ ।

सामाजिक सञ्जाल र इन्टरनेटमा धेरै गलत सूचनाहरू आउन सक्छन् । त्यस्ता सूचनाहरु खतरनाक किसिमको पनि हुन सक्छन् ।

८. साथीसँग सल्लाह र परामर्श गर्नुहोस्

साथीहरु आफ्नो अप्ठ्यारो समयमा भावना व्यक्त गर्नको लागि सजिला हुन्छन् । त्यस्ता साथीहरुसँग परामर्श गर्ने र सुझावहरु लिने काम गर्नुहोस् ।

हेल्थलाइन डटकमबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment