Comments Add Comment

इथियोपिया संकट : टिग्रेबाट छिमेकी प्रान्तको राजधानीमा आक्रमण

५ मंसिर, काठमाडौं । इथियोपियाको विद्रोही टिग्रे प्रान्तका सेनाले छिमेकी अम्हरा प्रान्तको राजधानीमा आक्रमण गरेका छन् । अम्हराका अधिकारीहरुले दिएको जानकारी अनुसार शुक्रबार टिग्रेका सेनाले अम्हरामा अम्हराको राजधानी सहरमा रकेट आक्रमण गरेका हुन् । यससँगै इथियोपियाको यो संघर्षले ठूलो युद्धको रुप लिन सक्ने आशंका बढेको छ ।

इथियोपियाको केन्द्रीय सरकार र टिग्रे प्रान्तका सैनिकबीचको युद्धमा परी अहिलेसम्म सयौं मानिसहरुको मृत्यु भइसकेको छ । हजारौं मानिसहरु विस्थापित भएर सुडान पुगेका छन् । पछिल्लो दुई सातादेखि इथियोपियामा यो संघर्ष जारी छ । यससँगै इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले मुलुकलाई एकसाथ अघि बढाउन सक्लान् त ? भन्ने आशंका उत्पन्न भएको छ ।

अम्हरा प्रान्तका अधिकारीहरुले टिग्रेको अवैध टीपीएलएफ ग्रुपले अम्हरामा रकेट आक्रमण गरेको तर उनीहरुको आक्रमणबाट कुनै पनि क्षति नभएको बताएका छन् । टिग्रेबाट विस्थापित भएका मानिसहरुका अनुसार अम्हराको सेनाले सरकारको तर्फबाट युद्ध लडिरहेका छन् । साथै यी दुई प्रान्तको बीचमा सीमाको विवाद रहँदै आएको छ ।

विभिन्न १० धार्मिक प्रान्तले बनेको मुलुक इथियोपियामा लामो समयदेखि टिग्रेको पार्टीको दबदबा रहँदै आएको थियो । तर, दुई वर्षअघि अम्हराका ओबिय अहमद प्रधानमन्त्री बनेका थिए । उनले मुलुकमा स्वच्छरुपमा शक्ति विभाजन गर्ने प्रतिबद्धता जनाएका थिए । यद्यपि टिग्रेको टीपीएलएफ पार्टीले भने उनलाई पूर्वाग्रही ढङ्गले आफ्नो पार्टीका नेताहरुलाई निसाना बनाएको आरोप उनीमाथि लगाएको छ । साथै टिग्रेलाई क्षेत्रीय अधिकारबाट पनि बञ्चित गराएको आरोप लगाउँदै आएको छ ।

अहिलेको युद्ध दुई साताअघि इथियोपियाको सरकारले टीपीएफएलले सरकारी सेनाको स्टेसनमा आक्रमण गरेको बताएसँगै सुरु भएको थियो । दुई साताअघि पनि टिग्रेको सेनाले अम्हरामा आक्रमण गरेको थियो । साथै टिग्रेको सेनाले छिमेकी मुलु इरिट्रियामा पनि आक्रमण गरेको थियो ।

इथियोपियामा धार्मिक विचारबाट प्रभावित भई सामुहिक हत्या पनि बढेको प्रतिवेदनहरुले देखाएका छन् । एम्नेस्टी इन्टरनेशनलका अनुसार गत नोभेम्बर ९-१० मा इथियोपियामा ठूलो संख्यामा सर्वसाधारण नागरिकहरुको हत्या भएको थियो ।

हत्या गरिएका नागरिकहरु अम्हरा प्रान्तको भएको हुन सक्ने बताइएको छ । यो हत्यामा टिग्रे प्रान्तको सैनिकको हात रहेको इथियोपियाको सरकारले बताएको छ तर, टीपीएफएलले भने यो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । अहिले इथियोपियाबाट सुडान भागेर पुगेका टिग्रेका नागरिकहरुले पनि आफूहरु टिग्रे प्रान्तकै भएको कारण आफूहरुलाई लक्षित गरी आक्रमणहरु भइरहेको बताएका छन् ।

टिग्रेको सेनाले सेनाको सरकारले बिहीबार टिग्रेको राजधानीस्थित एक विश्वविद्यालयमा बमबारी गरेको आरोप लगाएको छ । यस विषयमा इथियोपियाको सरकारले कुनै प्रतिक्रिया दिएको छैन तर अधिकारीहरुले भने सरकारले केवल सेनालाई मात्र लक्षित गरी आक्रमण गर्दै आएको बताएका छन् ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment