
५ मंसिर,बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देही र गुल्मीका थप एक/एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुंगा नगरपालिका–१ का ६६ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
तिलोत्तमाका पुरुषमा २ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको र सोही दिन अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो १२.४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए । संक्रमित पुरुष मुटु, दम र मधुमेहका दीर्घरोगी रहेका डा. गौतमले जानकारी दिए ।
गुल्मीका पुरुषमा २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको र २८ गते अस्पताल भर्ना भएकोमा उपचारका क्रममा शुक्रबार दिउँसो १२.५० मा मृत्यु भएको डा. गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4