
५ मंसिर, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ ।
कास्कीका ६, काठमाडौंका ५, कैलाली, भक्तपुर र भारतका २/२, झापा, सुनसरी, सप्तरी, काभ्रे, दोलखा, नुवाकोट, तनहुँ, रुपन्देही, गुल्मी र पाल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।
- गौरादह नगरपालिका–८, झापाका ६३ वर्षका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा शुक्रबार विहान साढे ७ बजे मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका उनलाई बिहीबार संक्रमण पुष्टि भएको थियो ।
- इटहरी उपमहानगरपालिका–५, सुनसरीका ८८ वर्षका पुरुषको शुक्रबार विहान विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । २७ कात्तिकमा संक्रमण पुष्टि भएपछि अस्पताल भर्नाभएका उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।
- बोदेबर्साइन नगरपालिका–३, सप्तरीकी ७१ वर्षकी महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । बिहीबार अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनलाई निमोनिया देखिएको थियो ।
- काठमाडौंका ७० वर्षका पुरुषको ओम अस्पतालमा शुक्रबार विहान मृत्यु भएको छ । दसैँलगत्तै संक्रमण पुष्टि भएका उनी स्वास्थ्य बिग्रिएपछि अस्पताल भर्ना भएका थिए । उनी होटल संघ नेपालका निवर्तमान अध्यक्ष अमरमान शाक्य हुन् ।
- काठमाडौंका ६० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । १ मंसिरमा कोरोना संक्रमण पुष्टि भएका उनी श्वासप्रश्वासमा समस्या भएर २ गते अस्पताल भर्ना भएका थिए । उनी दमका बिरामी समेत थिए ।
- काठमाडौंका ७८ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर ३० कात्तिकमा अस्पताल पुगेका उनलााई २ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मिर्गौलासम्बन्धी रोगका बिरामी समेत हुन् ।
- काठमाडौंकी ७९ वर्षीया महिलाको ३ मंसिरमा मृत्यु भएको छ । दम र मिर्गौलासम्बन्धी रोगबाट पीडित उनी श्वासप्रश्वासमा समस्या भएर २१ कात्तिकमा अस्पताल पुगेका थिए भने २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
- काठमाडौंका ५६ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको छ । निमोनिया भएर ३ कात्तिकमा अस्पताल पुगेका उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
- भक्तपुरकी ७८ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या १५ कात्तिकमा अस्पताल भर्ना भएकी ३ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मुटु रोग, मधुमेह र उच्च रक्तचापकी बिरामी समेत थिइन् ।
- भक्तपुरकी ५५ वर्षकी महिलाको शुक्रबार मृत्यु भएको छ । निमोनिया भएर कात्तिक २५ गते अस्पताल भर्ना भएकी उनमा सोही दिन संक्रमण पुष्टि भएको थियो । उनमा दमको समस्या थियो ।
- काभ्रेका ७५ वर्षीय पुरुषको शुक्रबार भएको छ । दमका बिरामी समेत रहेका उनलाई २३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियषे भने निमोनिया भएर २५ गते अस्पताल भर्ना भएका थिए ।
- दोलखाकी ३९ वर्षीया महिलाको बिहीबार मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या भएर २० कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको २४ गते पुष्टि भएको थियो ।
- नुवाकोटमा ४६ वर्षका पुरुषको मंसिर ४ गते मृत्यु भएको छ । कात्तिक २१ गते संक्रमण पुष्टि भएको र २३ गते अस्पताल भर्ना भएका उनमा थाइराइड र उच्च रक्तचापको समस्या थियो ।
- पोखरा महानगरपालिका-१७, कास्कीका २९ वर्षीय पुरुषको शुक्रबार मध्याह्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ५ मंसिरमै कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका-१३, कास्कीका ५५ वर्षीय पुरुषको शुक्रबार विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्या भएका उनलाई निमोनिया भएको थियो र शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका-८, कास्कीका ५४ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल केलजमा मृत्यु भएको छ । २७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनलाई निमोनिया समेत भएको थियो ।
- पोखरा महानगरपालिका-२७, कास्कीका ७१ वर्षीय पुरुषको बिहीबार राति गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या आउनुका साथै निमोनिया भएका उनलाई २९ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका-९, कास्कीका ६८ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- पोखरा महानगरपालिका-२१, कास्कीका ७५ वर्षीय पुरुषको बिहीबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । निमोनिया भएर अस्पताल गएका उनलाई ४ मंसिरमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
- म्याग्दे गाउँपालिका-४, तनहुँका ५१ वर्षीय पुरुषको शुक्रबार विहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई ३ मंसिरमा कोरोना संक्रमण देखिएको थियो ।
- तिलोत्तमा नगरपालिका–२, रुपन्देहीका ५९ वर्षका पुरुषको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २ मंसिरमा संक्रमण पुष्टि भएका र सोही दिन अस्पताल भर्ना भएका उनमा दम, मुटुसम्बन्धी र मधुमेहको समस्या थियो ।
- रेसुंगा नगरपालिका–१, गुल्मीका ६६ वर्षका पुरुषको बुटवलमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । २७ कात्तिकमा संक्रमण पुष्टि भएका उनी २८ गते अस्पताल भर्ना भएका थिए ।
- रामपुर नगरपालिका–५ पाल्पाकी ५४ वर्षकी महिलाको लुम्बिनी मेडिकल कलेजमा शुक्रबार मृत्यु भएको छ । कात्तिक १९ गते अस्पताल भर्ना भएकी र २० गते संक्रमण पुष्टि भएकी उनी मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् ।
- धनगढी उपमहानगरपालिका–५, कैलालीका ५५ वर्षका पुरुषको सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा शुक्रबार मृत्युु भएको छ । २५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनलाई भर्ना भएकै दिनदेखि आईसीयूमा राखेर उपचार गरिएको थियो ।
- गौरीगंगा नगरपालिका–७, कैलालीकी ७२ वर्षकी महिलाको सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्पतालमा शुक्रबार मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि २९ कात्तिकमा अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
- भारतको आन्ध्रप्रदेशका ३५ वर्षका पुरुषको चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको छ । २३ कात्तिकमा संक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनी पुरानो मेडिकल कलेजमै सिटी स्क्यान विभागमा कार्यरत थिए ।
- भारतको साहेवगञ्ज घर भएका ७० वर्षका पुरुषको शुक्रबार विहान विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । ३ मंसिरमा स्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका उनलाई भोलिपल्ट संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4