
६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि आइतबारदेखि स्वाब संकलन शुरु गर्ने भएको छ । निःशुल्क पीसीआर परीक्षणका लागि सरकारी मापदण्डमा परेकाहरुको स्वाब संकलन गर्न लागिएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।
सरकारले आफ्नै खर्चमा पीसीआर टेष्ट गर्नुपर्ने निर्णय गरेपछि महानगरले स्वाब संककलन नै रोकेको थियो । अहिले सरकारले आफ्नो निर्णय सच्याएको छ र लक्षण भएकाहरुको सरकारी ल्याबमा निःशुल्क टेष्ट गर्ने बताएको छ ।
महानगरले पनि कन्ट्याक ट्रेसिङमा परेका लक्षण भएकाहरुको स्वाब संकलन सुरु गर्न लागेको छ । शनिबार एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर शाक्यले परीक्षणको दायरा फराकिलो बनाउने लागिएको बताए ।
साथै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकहरुको स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
मेयर शाक्यले उपत्यकामा बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए । भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) लाई सुझाव दिइसकेको भन्दै उनले त्यसअनुसार सरकारले निर्णय हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया 4